रेमलिटोला प्राविको विव्यस अध्यक्षमा लेखक पुन

रेमलिटोला प्राविको विव्यस अध्यक्षमा लेखक पुन

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल २८ बैसाख/खर्वाङ । रेमलिटोला प्राथमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २, सक्न्यारमा अभिभावक भेला सम्पन्न भएको छ । भेलाले लेखक पुनको अध्यक्षतामा ९ सदस्यिय विद्यालय व्यवस्थापन समितिको गठन गरेको छ ।

जसको सदस्यहरुमा खड्क बहादुर घर्ति, विष्णु थापा, केशरी थापा, गिता घर्ति, मन बहादुर थापा, शिक्षक प्रतिनिधि नरमति थापा, सदस्य सचिवमा प्रधानाध्यापक जंग बहादुर बलामी र पदेन सदस्यमा वडा अध्यक्ष ढालप्रसाद शेरचन रहनुभएको छ । त्यस्तै भेलाले प्रेम पुनको संयोजकत्वमा ९ सदस्यिय शिक्षक अभिभावक संघको गठन गरेको छ ।

सो भेलामा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले तल्लो कक्षाको शैक्षिक गुणस्तर नसुध्रिय सम्म माथिल्लो कक्षामा कठिन हुने भन्दै तल्लो कक्षा आधार भएकोले गुणस्तर वृद्धिमा लाग्न विद्यालयहरुलाई आग्रह गर्नुभएको छ। त्यस्तै भेलामा वडा अध्यक्ष ढाल प्रसाद शेरचनले सवै वालवालिकाले आफ्नो क्षमता अनुसारको शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकार भएकोले कोहि पनी वालवालिका विद्यालय वाहिर रहन नहुने र त्यसको लागि आफूले पहल गर्ने बताउनु भएको छ ।

भेलामा रन बहादुर भुजेल, प्रेम पुन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भेला निर्वतमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त बहादुर बलामीको अध्यक्षता, प्रधानाध्यापक जंग बहादुर बलामीको स्वागत मन्तव्य तथा रेशम पुनको संचालनमा सम्पन्न भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय