शिक्षकलाई विष खुवाएर हत्या गरेको आरोपमा तीन जना पक्राउ

शिक्षकलाई विष खुवाएर हत्या गरेको आरोपमा तीन जना पक्राउ

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कैलाली । कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका– १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका– १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए । पन्त जानकी गाउँपालिका–४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए ।

शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएको थियो । टीकापुर नगरपालिका–१ को मुनुवा रोडमा रहेको लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे । पन्तलाई विष खुवाएको आरोपमा तीनै साथीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय