बढ्दै खर्बाङ बजारमा निर्बाचन को रौनक मतदाता उत्साहित भएर वडाअध्यक्ष्य चुन्दै,

बढ्दै खर्बाङ बजारमा निर्बाचन को रौनक मतदाता उत्साहित भएर वडाअध्यक्ष्य चुन्दै,

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दिनेश शर्मा, बडिगाड बाग्लुङ – जिल्लाको क्षेत्र न २ क को बडिगाड गाउपालिका वडा न २ को रिक्त रहेको वडाअध्यक्ष्य पदमा आज निर्बाचन हुदैछ। बिहान ७ बजेदेखी नै सुरु गरिएको निर्बाचन मा बिहानको समयमा मतदाता को उपस्थिती पातलो देखिएपनी अहिले मतदाता हरु व्यापक रुपमा मतदान स्थल त्रिभुवन मा बि परिसर तर्फ आइरहेका छन अशक्त र अपाङ्ग अनि सुत्केरी लाई छिटो छरितो ढङ्गले मतदान गर्ने ब्यवस्था मिलाइएको छ।

मतदान स्थल भन्दा बाहिर पट्टि वडाअध्यक्ष्य का उम्मेदवार हरु सम्युक्त बाम उम्मेदवार ढाल प्रसाद शेरचन , नेपाली काङ्रेस का उम्मेदवार डिल ब राना ,सङ्घिय समाजबादी का उम्मेद्वार हरिलाल राना ले मतदाता हरु सङ्ग भेटघाट गरिरहेका छन भने पुरुष र महिला ले आ आफ्नो लाइन मा बसेर मतदान गरिरहेका छन । तत्कालिन नेकपा एमाले बाट वडाअध्यक्ष्य मा निर्बाचित बिश्णु भुषाल जिल्ला समन्वय समिती को उप प्रमुख मा निर्बाचित भएसङ्गै खाली भएको उक्त वडा मा सत्र सय बयालिस मतदाता रहेपनी चानचुन एघारसय मत खस्ने आकलन गरिएको छ। यो समाचार तयार पार्दा सम्म पुरुष १०५ र महिला २०७ गरि जम्मा ३५७ जनाले मतदान गरेका छन।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय