अ*नौठो समाचार : जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखियो

अ*नौठो समाचार : जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखियो

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाण्डौ चैत्र २४ । कोरोना प्रकोपका समयमा जन्मिएकाले जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखिएको छ । घटना भारतको छत्तिसगढ राज्यको हो, त्यहाँ मार्च २७ देखि लक डाउन रहेको छ ।

यही कोरोनाकै सक्रंमणको जोखिम भईरहेको अवस्थामा त्यहाँको राजधानी रायपुरको एउटा अस्पतालमा जुम्ल्याहा बच्चाको जन्म भएको छ, २७ वर्षिय आमा प्रिति शर्माले प्रेस ट्रस्ट अफ ईण्डियालाई बताएअनुसार आफ्ना सन्तानको यस विषम पस्थितीमा भएको जन्मलाई मातापिताले सदा संझन गर्न चाहन्थे, यसै कारणले बच्चाहरुको नाम नै कोरोना र कोभिड राखियो । कोरोना छोरी हुन् भने कोभिड छोरा हुन् ।

गत हप्ता सरकारी अस्पतालमा सफलतापूर्वक ति जुम्ल्याहा बच्चाहरुको जन्म भयो । आमा प्रिति शर्माका अनुसार अस्पताल कर्मचरीहरुले नै ती नाम राख्न सुझाव दिएका थिए । ल्याटिन भाषामा कोरोनाको अर्थ क्राउन अर्थात श्रीपेचसंग गएर जोडिन्छ ।
लाइभमाण्डुबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय