आईजिपी कार्कीको निर्देशनमा ५ जना प्रहरीको हेलिकप्टरद्वारा उद्धार

आईजिपी कार्कीको निर्देशनमा ५ जना प्रहरीको हेलिकप्टरद्वारा उद्धार

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको निर्देशनमा नेपाली सेनासँग समन्वय गर्दै हेलिकप्टरमार्फत ५ जना प्रहरी उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरणका लागि ३ दिनको पैदल यात्रामा निस्किएका प्रहरी कर्मचारीहरू अत्यधिक चिसो र हिमपातका कारण बाटैमा अलपत्र परेका थिए। स्वास्थ्य समस्या जटिल हुँदै गएपछि उनीहरूसँग सम्पर्क कठिन बनेको थियो।

आईजिपी कार्कीको तत्काल निर्देशनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी सुर्खेत पठाइएको छ। हाल कर्णाली प्रादेशिक अस्पतालमा उनीहरूको उपचार भईरहेको छ।

उद्धार गरिएका प्रहरीहरूमा सहायक निरीक्षक देबदत्त पाण्डे, बरिष्ठ हवल्दार मणीराज जोशी, हवल्दार जनक बहादुर कार्की, जवान नवराज भट्ट र नरेन्द्र भट्ट रहेका छन्।

डोल्पाजस्ता हिमाली जिल्लामा आकस्मिक जोखिम बढिरहने अवस्थामध्ये यसअघि गरिएका तत्पर समन्वय र समयमै गरिएको उद्धारका कारण ठूलो दुर्घटना टरेको जनाइएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय