एनआरएनए जापानको कोषाध्यक्ष पदमा कृष्ण पोखरेलको उम्मेदवारी

एनआरएनए जापानको कोषाध्यक्ष पदमा कृष्ण पोखरेलको उम्मेदवारी

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि कोषाध्यक्ष पदमा कृष्ण पोखरेल (बाबु) ले उम्मेदवारी दिएका छन्।

पारदर्शिता र जवाफदेहिता आफ्नो मुल मन्त्र भएको बताउँदै पोखरेलले आर्थिक व्यवस्थापनलाई सजिलो, शुद्ध र प्रभावकारी बनाउने अठोट व्यक्त गरेका छन्।

उनले सबै वर्ग र क्षेत्रका नेपाली समुदायलाई समेट्ने समावेशी नेतृत्वको आवश्यकता औँल्याउँदै आफ्नो उम्मेदवारीलाई त्यसकै प्रतिनिधि भन्दै आएका छन्। पोखरेलले भने, “एनआरएनए जापानको आर्थिक प्रणालीलाई आधुनिक, व्यवस्थित र सबैको पहुँचमा हुने गरी अघि बढाउने मेरो लक्ष्य हो।”

एनआरएनए जापानमा निर्वाचनको सरगर्मी चुलिंदै गएको अवस्थामा पोखरेलको उम्मेदवारीले आर्थिक पारदर्शिता र समावेशी नेतृत्वबारे बहसलाई पुनः ताजा बनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय