गुल्मीमा गोरु मारेको आरोपमा ३ जना पक्राउ

गुल्मीमा गोरु मारेको आरोपमा ३ जना पक्राउ

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: प्रहरीले गोरु मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। मालिका गाउँपालिका वडा नम्बर-२, पाटा खर्कमा स्थानीय  युवराज बोहराको गोठमा बाँधिएका एक हल गोरु घनले हानेर मारेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पाटाखर्क कै १९ वर्षीय लोकेन्द्र बोहरा र नाम गोप्य राखिएका दुई बालकसहित ३ जना पक्राउ परेका हुन्।

जेठ १६ गते घनले हानेर गोरु मारी पेट चिरेर पित्त झिकेको आरोपमा दुई बालकसहित ३ जनालाई पक्राउ गरि ल्याउँदै गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी  दिए। घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय