ढोरपाटन घुम्न गएको जिप दुर्घटना

ढोरपाटन घुम्न गएको जिप दुर्घटना

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडाैं । बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना भएको छ । शनिबार बुर्तिबाङ बजारबाट ११ जना यात्रुलाई लिएर ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ढोरपाटन नगरपालिका -५ प्याङखोलामा दुर्घटना भएको हो । जिपमा सवार सबै यात्रुहरू काठमाडौंबाट ढोरपाटन घुम्नका लागि बुर्तिबाङ पुगेर जिप रिर्जभ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार जिपमा सवार मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गाडी चालक ढोरपाटन नगरपालिका खुंगाका २७ वर्षीय तिलक घर्ती र काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका -१० की २८ वर्षीया संगिता अधिकारी गैरे रहेका छन् ।

दुर्घटना परी घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाे छ । अन्य ३ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनीहरूको बुर्तिबाङ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भइरहेको प्रदेश सांसद दिलमाया पैवीले जानकारी दिइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय