बडिगाडमा १ सहित बाग्लुङमा थपिए २ संक्रमित !

बडिगाडमा १ सहित बाग्लुङमा थपिए २ संक्रमित !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा जिल्लाको बडिगाड गाउँपालिकाका १ जना र बागलुङ नगरपालिकाका १३ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा बडिगाड गाउँपालिका वडा नम्बर १ का २६ वर्षीया महिला र बागलुङ नगरपालिकाका १३ का ६२ वर्षीय पुरुष रहेका छन् । उनीहरु केही दिन अगाडी भारतबाट आई क्वारेन्टिनमा बसेको बताइएको । त्यस्तै बागलुङसँगै कास्की, नवलपुर, लम्जुङ, तनहुँ स्याङ्जा र म्याग्दीमा संक्रमित थपिएका छन् ।

कास्कीमा ९, नवलुरमा १, स्याङ्जा ३, म्याग्दी १, तनहुँ ४ र लम्जुङका ५ जना गरि २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५४८ पुगेको छ । संक्रमितलाई आइशोलेसनमा राख्ने तयारी भएको बताइएको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय