सम्पत्ति विवरणमा प्रश्न उठेपछि गृहमन्त्रीको जवाफ- गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

सम्पत्ति विवरणमा प्रश्न उठेपछि गृहमन्त्रीको जवाफ- गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा जवाफ फर्काएका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा उनले यस्तो भनाइ सार्वजनिक गरेका हुन् । गुरुङले गरिब जन्मिनु गल्ती नभए पनि गरिब नै भएर मर्नु चाहिँ गल्ती हुने पनि बताएका छन् ।

‘तिमी जन्मिँदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब नै मर्नु त्यो तिम्रो गल्ती हो’, चेतावनीको शैलीमा उनी भन्छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन। सरकारमाा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो । चेतना भया ! ’

उनले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा गोरखामै हदबन्दीभन्दा धेरै जग्गा पाइएको छ। गुरुङको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ ।

उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । तर उनले कमाएको स्रोत खुलाउन सकेका छैनन्।

गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा छ ।

उता बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय