सर्लाहीमा वन संरक्षकको बीभत्स हत्या, टाउको काटिएको अवस्थामा शव फेला

सर्लाहीमा वन संरक्षकको बीभत्स हत्या, टाउको काटिएको अवस्थामा शव फेला

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षकको बीभत्स हत्या भएको छ ।

वन संरक्षक रामेश्वर महतोको बन्चरोले घाँटी छिनाइ बीभत्स रूपमा हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको हो ।

शनिबार बिहान ५ बजे नै जंगलमा रुख काटिएको आवाज आएपछि उनी साइकल लिएर निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका महतोको दिनभर परियोजनाका कर्मचारी तथा सशस्त्र प्रहरी सागरनाथ बेसको संयुक्त टोलीले खोजी गर्दा उनको शव भेटिएको हो ।

गाउँबाट करिब २ सय मिटर भित्र झाडीमा उनको हत्या गरिएको अवस्थामा शवव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय