पूर्वी नेपालमा ध्यान सन्देश फैलाउँदै बोधिसत्त्व स्वामी आनन्द अरुण

पूर्वी नेपालमा ध्यान सन्देश फैलाउँदै बोधिसत्त्व स्वामी आनन्द अरुण

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । भगवान श्री रजनीशको ध्यान सन्देशलाई विस्तार गर्ने उद्देश्यसहित बोधिसत्त्व स्वामी आनन्द अरुणले पूर्वी नेपालका जिल्लाहरुको भ्रमण गर्नुभएको छ ।

५५ वर्षदेखि ध्यान सन्देशलाई विस्तार गर्दै आउनुभएका उहाँले पूर्वी क्षेत्रका विभिन्न ध्यान केन्द्रहरूको अवलोकन तथा कार्यक्रमहरूमा सहभागिता जनाउनुभएको छ ।

विराटनगरमा आयोजित मेगा क्याम्पका क्रममा उहाँले धर्म प्रदीप आश्रममा बुद्ध मूर्तिको उद्घाटन गर्नुका साथै पाहुनाका लागि निर्माण गरिने नयाँ आवासीय भवनको शिलान्यास गर्नुभयो । यसलाई ध्यान पूर्वाधार सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

त्यसैगरी उहाँले झापाको दमकस्थित शुभम मेडिटेशन सेन्टरको भ्रमण गर्दै दमक नगरपालिकाका मेयर रामकुमार थापासँग भेटवार्ता गर्नुभयो ।

त्यसैगरी इलामको चुलाचुलीमा शुभम मेडिटेशन सेन्टरको पहलमा निर्माण हुन लागेको नयाँ आश्रमको शिलान्यास पनि गर्नुभएको छ ।

यसै क्रममा स्वामी आनन्द अरुणले झापाको दोमुखास्थित मधुवन आश्रम र बिर्तामोडस्थित भक्ति मेडिटेशन सेन्टरको समेत भ्रमण गर्नुभयो ।

भ्रमणका क्रममा सन्न्यासीनहरूले उहाँलाई स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा केन्द्रहरूको विस्तार, चुनौती तथा आगामी योजनाबारे छलफल गर्नुभएको थियो। साथै दुवै केन्द्रमा निर्माणाधीन ध्यान हलको अवलोकन समेत गर्नुभएको थियो।

स्वामी आनन्द अरुणको पूर्वी नेपालको यो भ्रमण ध्यान र चेतनाको सन्देशलाई थप विस्तार गर्ने अपेक्षा लिइएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय