प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ  : प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले बताए ।

उनका अनुसार भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

भुसालले बनाएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय